सर्लाहीमा डुबेर युवकको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, ११ : २३
सर्लाहीमा डुबेर युवकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने  युवकको डुबेर मृत्यु भएको छ ।

२ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

कार्तिक २७ मा साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको बताइएको छ ।

शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस