किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, १४ : १४
किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

दाङ । असोज ३० दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेको शव प्रकरणमा चार जना पक्राउ परेका छन् । दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार पक्राउ परेका चारै जनालाई आज सार्वजनिक गरिनेछ ।

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको भनाइ छ । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस