एजेन्सी । शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ ।
गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको बिरूद्ध प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली हानेका थिए ।
प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ कार्तिक २०७९, ०८ : ४७
लेखकबाट थप