मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १८ : ५४
मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस