काठमाडौं । काठमाडौं महानगरपालिका–२४ जुद्द शालिक नजिक एक जनाको शव फेला परेकोमा प्रहरीले उनको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई पक्राउ गरेको जनाएको छ ।अन्दाजी ४४–४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला परेको थियो । शव फेला परेपछि प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक सहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएको थियो ।
घटनास्थलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक चिकित्सकलाई समेत झिकाइएको थियो । केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगञ्जबाट अनुसन्धान कार्यका लागि तालिम प्राप्त कुकुरसमेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य सुरु गरिएको थियो ।शवको हालसम्म पहिचान खुल्न नआएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता