काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन चुनाव बहिस्कारको प्रचार प्रसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र सोही पार्टी निकट विद्यार्थी संगठनका सचिव महेश श्रेष्ठलाई बुधबार मोरङको बेलवारीबाट गिरफ्तार गरिएको हो ।
सो पार्टीले बहिस्कार गर्ने निर्णयअनुरुप चुनाव विरोधी गतिविधि गर्दै आएको छ । शान्तिपपुर्ण ढङगले संसदीय चुनाव बहिस्कारको प्रचार प्रसार गर्दा भएको गिरफ्दारीको विरोध गर्दै अखिल क्रान्तिकारीले नेताद्वयलाई अबिलम्ब रिहाइको माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ कार्तिक २०७९, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ