यस्तो रहनेछ आज दिनभरको मौसम

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, ०७ : ५४
यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस