केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

मंगलबार, १५ कार्तिक २०७९, २१ : ५९
केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा छन् : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु संविधान च्यात्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन्  । मन्त्री खाँणले उनीहरु संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताउँदै त्यस्ता षड्यन्त्रविरुद्ध सचेत हुनुुपर्ने बताए ।

सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं.३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० लाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूका विरुद्ध गठबन्धन बनाएको र त्यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको उनको तर्क छ । जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाइ मतले संशोधन गर्न सकिने भएपनि जनआन्दोलनको मर्म र भावना विपरीत संविधान नै च्यात्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको खाँणको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस