काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछाने बीपीएल खेल्न बंगलादेशमा
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप