आईसीसी टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको दोस्रो जित

सफल खबर संवाददाता

सोमबार, १४ कार्तिक २०७९, १९ : ५०
आईसीसी टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको दोस्रो जित

काठमाडौं । आईसिसी टि–ट्वान्टी विश्वकपमा अष्ट्रेलियाले दोस्रो जित हासिल गरेको छ । अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो जित निकाल्दै सेमिफानल पुग्ने सम्भावना पनि जिवित राखेको छ ।

प्रतियोगितामा चौथो खेल खेलिरहेको अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको हो ।अष्ट्रेलियाले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड १८ दशमलब १ ओभरमा १३७ रनमा अलआउट भयो ।

नतिजासँगै समूह १ मा सेमिफाइनलको समीकरण थप रोमान्चक बनेको छ । अब न्युजिल्यान्ड र अष्ट्रेलियाको समान ५–५ अंक रहेको छ ।अष्ट्रेलियाले ४ खेल तथा न्युजिल्यान्डले ३ खेल खेलेको छ । इंग्ल्यान्डको ३ खेलमा ३ र आयरल्याण्डको ४ खेलमा ३ अंक छ ।

श्रीलंका र अफगानिस्तान ३ खेलमा २–२ अंकसाथ पुछारमा छन् ।

प्रतिक्रिया दिनुहोस