एजेन्सी । इजरायली सुरक्षाकर्मीले वेस्ट ब्याङ्क क्षेत्रमा छापा मार्दा कम्तीमा ६ जना प्यालेस्टिनी मारिएका छन् भने २१ जना घाइते भएका छन् । मंगलबार बिहान ठूलो संख्यामा इजरायली सेना नाबलुस सहरमा प्रवेश गरेका थिए ।
प्यालेस्टिनियन फताह मुभमेन्टका प्रवक्ताका अनुसार इजरायली सेनाको प्रवेशलाई प्यालेस्टिनी सुरक्षाकर्मी र सशस्त्र विद्रोहीले रोक्ने प्रयास गरेका थिए । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सुरक्षाकर्मीको गोलाबारीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् ।
ती मध्ये एक जना निहत्था रहेका थिए । मन्त्रालयले अर्को गाउँ नाबी सलेहमा एक १९ वर्षीय युवक इजरायली सुरक्षाकर्मीबाट मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ कार्तिक २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको प्रवेश
अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा
वेस्ट ब्याङ्कमा इजरायली सेनाको आक्रमणः १० प्यालेस्टिनीको मृत्यु