रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०८ कार्तिक २०७९, १३ : ०६
रामेछापमा बसको ठक्करबाट महिलाको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ स्थित फुलासीमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुलासी घर भएकी करिब ५० वर्षीया चन्द्र कुमारी परियार छन् । 

मन्थलीबाट देउराली तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००६ख २२९५ नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  सोही बसमा सवार परियारलाई फुलासी पोखरीमा ओर्लने क्रममा बसको चक्काले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । 

बस चालक र बसलाई नियन्त्रणमा लिएर प्रहरी चौकी फुलासीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस