एजेन्सी । संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ ।
बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ ।
उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ कार्तिक २०७९, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु