धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, १२ : ५१
धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

कैलाली । कैलालीमा धान थ्रेसरमा परेर एक जनाको आज मृत्यु भएको छ । कैलारी गाउँपालिका –३ भर्रीटोलका बुथराम चौधरीको ४५ वर्षीया श्रीमती बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फस्न गई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस