महिला भलिबलमा बागमतीलाई कास्य

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, १४ : २६
महिला भलिबलमा बागमतीलाई कास्य

काठमाडौं । महिला भलिबलमा बागमती प्रदेशले कास्य पदक जितेको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई ३–१ सेटले हराउँदै कास्य जितेको हो । पहिलो सेटमा गण्डकीलाई २५–२० सुम्पेको बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गर्यो । 

विभागीय टिम एपीएफ र पुलिस बीच दिउँसो १ बजे फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  एपीएफले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस