जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका उच्च जोखिममा

एजेन्सी

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ०४
जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका उच्च जोखिममा

एजेन्सी । जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका 'अत्यन्त उच्च जोखिम' मा रहेको  एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ । 

किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका ९करिब ८२० मिलियन० हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो । 

पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ ।

बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर  मापन गरिन्छ । सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ ।