पोखरीमा डुबेर पाल्पामा एक बालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३० असोज २०७९, १९ : १३
पोखरीमा डुबेर पाल्पामा एक बालकको मृत्यु

तानसेन । तानसेन नगरपालिका–२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ।

आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन–६ टुँडिखेलनजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो।

पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी बिट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस