युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, १५ : ०७
युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन ।

उनले मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरुको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे ।उनले अब योजना र भिजन भएका युवाहरु राजनीतिमा आउनुपर्ने बताए । चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरुको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको बताए ।

नेता चौधरीले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताए । चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताए । उनले आफूलाई धन सम्पतिको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दोहार्‍याए ।

प्रतिक्रिया दिनुहोस