गठबन्धनकाे चुनावी कमान्डर बने वरिष्ठ नेता रामचन्द्र पाैड‍ेल

सफल खबर संवाददाता

शुक्रबार, २८ असोज २०७९, ०७ : ४३
गठबन्धनकाे चुनावी कमान्डर बने वरिष्ठ नेता रामचन्द्र पाैड‍ेल

काठमाडाैँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारूढ गठबन्धनकाे चुनावी कमान्डर बनेका छन्। बिहीबार बसेको गठबन्धन दलको बैठकले नेता पाैडेललाई चुनावी कमान्डर बनाएकाे हाे।

बैठकमा सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएकाे छ, जसकाे नेतृत्व नेता पाैडेलले गर्नेछन्।संयुक्त कार्यकर्ता भेलाका लागि केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समितिसमेत गठन गरिने छ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो।कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला हुनेछ। कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ।

यसैगरी, कात्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्नेछ। कात्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ।

कात्तिक ५ गते जनकपुर, कात्तिक ६ गते धनगढीमा भेला हुनेछ। भेलाको क्रमशः कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ।यस्तै, कात्तिक ६ गते सुर्खेतमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने र कात्तिक ७ गते काठमाडौँमा हुने भेलाको माओवादी केन्द्रले व्यवस्थापन गर्नेछ।

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३-३ जना सहभागी हुने गठबन्धनले जनाएको छ।

बैठकमा प्रदेश र जिल्लास्तरमा पनि गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने निर्णयसमेत गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस