फेन्सिङको टिम इभेन्टमा एपीएफलाई स्वर्ण

सफल खबर संवाददाता

विहीबार, २७ असोज २०७९, १९ : ०१
फेन्सिङको टिम इभेन्टमा एपीएफलाई स्वर्ण

पोखरा। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी प्रतियोगितामा फेन्सिङतर्फको टिम इभेन्टमा एपीएफ क्लबले स्वर्ण जितेको छ। बिहीबार पोखरास्थित ब्याडमिन्टन हलमा भएको फाइनलमा बागमती प्रदेशलाई ४६–३२ ले पराजित गर्दै एपीएफले स्वर्ण हात पारेको हो।

४–४ जना रहने टिममा महिलातर्फ स्वर्ण जित्ने क्रममा एपीएफ र बागमतीबीच कडा प्रतिस्पर्धा भएको थियो।एपीएफको टोलीमा अनिता अधिकारी, मनिष राई, उर्मिला माझी र मन्दिरा थापा रहेका थिए।

बागमतीमा भने गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगीता लम्साल रहेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले कास्य पदक जितेका छन्।

 

प्रतिक्रिया दिनुहोस