विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताएका छन्। नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन्।
“यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहीँ अन्तिम हो” उम्मेदवार केसीले भने।
उनले पार्टीलाई लोकतान्त्रिक विधि तथा प्रक्रियामा अघि बढाउन र युवाको नेतृत्व पार्टीभित्र र बाहिर सुरक्षित गराउनको लागि निर्वाचनमा होमिएको बताए।
संसद्मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बोल्न सक्ने, जनताको समस्यालाई संसद्मा प्रभावकारी रुपमा लैजान सक्ने आफूमात्र भएको नेता केसीले जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असोज २०७९, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले प्रश्न गर्नेको फाइल खोल्ने धम्की दिनु संसदीय मर्यादामाथिको अपमान हो : अर्जुननरसिंह केसी
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी