काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन ।आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै यस्तो बताए । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो ।
महामन्त्री थापाले अबको निर्वाचन पछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए। आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए। महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लडन लागेको बताए ।
महामन्त्री थापाले सांसदको रुपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागि परेको दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा