काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन ।आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै यस्तो बताए । त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो ।
महामन्त्री थापाले अबको निर्वाचन पछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए। आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए। महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लडन लागेको बताए ।
महामन्त्री थापाले सांसदको रुपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागि परेको दाबीसमेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड