उद्योगपति विनोद चौधरीले पाए काँग्रेसबाट टिकट, (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट चुनाव लड्ने

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १० : ४९
उद्योगपति विनोद चौधरीले पाए काँग्रेसबाट टिकट, (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नं. १ बाट चुनाव लड्ने

काठमाडौँ । उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

यसअघि समानुपातिकबाट सांसद बनेका चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् । यो क्षेत्रमा जनता प्रगतिशिल पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी छ ।

०७४ मा एमालेको समर्थनमा चुनाव जितेका त्रिपाठी यसपटक पनि एमालेको समर्थन लिने प्रयासमा छन् । नेपालका एकमात्रै अर्वपति चौधरी र पाँच पटकसम्म अपराजित चुनाव लड्दै आएका त्रिपाठीबीचको भीडन्त रोचक बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस