काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन् ।
माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष प्रचण्डलाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलका अनुसार अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको हो ।
'पदाधिकारीको बैठकले अध्यक्ष गोरखाबाट उम्मेदवार बन्ने निर्णय गरेको छ । उहाँ अब गोरखा २ बाट उम्मेदवार बन्नुहुन्छ,' गजुरेलले भने ।
उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए । अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ असोज २०७९, २१ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’