प्रदेश सरकार बालक हो ,राम्रोसँग हिड्न सक्ने अवस्थामा छैन : मूख्यमन्त्री पौडेल

सुरेन कुँवर

मंगलबार, ०५ असार २०७५, १९ : ५५
प्रदेश सरकार बालक हो ,राम्रोसँग हिड्न सक्ने अवस्थामा छैन : मूख्यमन्त्री पौडेल

चितवन । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार परिपक्का नभई सकेको बताउनुभयो । भरतपुरमा आयोजित संघिय बजेट र प्रादेशिक विकास विषयक अन्तरक्रिया कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रदेशको सरकारलाई ४ महिने बालकको संज्ञा दिनुभयो । 
अहिले हामी ४ महिने बालक हौँ ,उहाँले भन्नुभयो ,“४ महिनाको बालकले के गर्न सक्छ ? खुट्टा टेक्न पनि सक्दैन । खुट्टा लरबराईको अवस्था छ । आमाको काँखको बालक जस्तै छौँ । ” प्रदेश नम्बर ३ अरु प्रदेश भन्दा कमजोर भयो भन्ने दिन र अवसर आउन नदिने उहाँले दाबी गर्नुभयो । 
पौडेलले प्रदेश नंम्बर ३ को सरकारले समानुपातिक वितरण गर्ने भन्दा समानुपातिक विकासको अवधारणालाई अगाडी बढाएको बताउनुभयो । प्रदेश नम्बर ३ का केहि जिल्लाहरु न्यूनतम आधारभूत कुराहरु नभएकाले त्यसको परिपुर्तीका निम्ति प्रादेशिक बजेटले सम्बोधन गर्न खोजेको जानकारी दिनुभयो । 
कम्तीमा सबैले न्यूनतम आधारभूत आवश्यकता पाउँनुपर्छ भन्ने हाम्रो मान्यता हो मूख्यमन्त्री पौडेलले भन्नुभयो । सबै जिल्लामा बराबर बजेट विनियोजन गर्न समस्या देखिएको उहाँको भनाई छ ।

प्रदेश सरकारको बजेटको बारेमा मूख्यमन्त्री पौडेलले पानी कम भएको गाग्रो जस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो ,“ हामीसँग गाग्रोमा पनि छैन । कसरी सबै लोटाहरु भर्न सकिन्छ भन्दै प्रति प्रश्न गर्नुभयो । प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रमले धेरै राम्रो कुरा समेटेकाले बोल्न भन्दा पनि गरेर देखाउने प्रतिवद्धता व्यक्तगर्नुभयो ।


 

प्रतिक्रिया दिनुहोस