नेपाल लाइफको कल सेन्टर दशैें विदाको समयमा पनि संचालनमा रहने

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, १५ : ४८
नेपाल लाइफको कल सेन्टर दशैें विदाको समयमा पनि संचालनमा रहने

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ । 

आदरणीय ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल , इमेल,मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन ।  यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ। 

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस