यूईएफए नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा

एजेन्सी

बुधबार, १२ असोज २०७९, ०८ : ४१
यूईएफए नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा

एजेन्सी । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराएर स्पेनले फाइनल्समा स्थान पक्का गरेको हो ।

स्पेनलाई जीत दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे । उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै स्पेनले शीर्ष स्थानमा रहदै लिग ए समूह २ बाट फाइनल्समा स्थान बनाएको हो ।

स्पेनले ६ खेलमा ११ अंक जोड्यो । पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले चेक रिपब्लिकलाई २-१ ले हराएको छ ।
चेक रिपब्लिक रेलिगेसनमा समेत परेको छ ।

प्रतिक्रिया दिनुहोस