भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुर, मेयर दाहालद्धारा उद्घाटन

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, ११ : ०५
भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुर, मेयर दाहालद्धारा उद्घाटन

चितवन । भरतपुरमा जडान भएका स्मार्ट लाईट बल्न सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भतरपुर–२५ को अमृतचोकमा लाईटको स्वीच थिचेर उद्घाटन गरेकी हुन । पहिलो चरणमा निर्माण भएका लाईटहरु क्रमश बल्दै जाने छन् । पहिलो चरणमा ७८ दशमलव १ किलोमिटरमा १९३३ वटा स्मार्ट लाईट जडान भएको छ । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र भरतपुर महानगरपालिकाले संयुक्त रुपमा योे कार्यको थालनी गरिएको थियो । भरतपुर–२५ बाटै  स्मार्ट   लाईट जडानको कार्य सुरु गरिएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरलाई सुन्दर, शान्त, स्वच्छ, समृद्ध र उज्यालो शहर बनाउने उद्देश्यले स्मार्ट लाईट जडान गरिएको बताइन् । मेयर दाहालले अब दोस्रो चरणमा १५० किमीमा स्मार्ट लाईट जडानको तयारी गरिएको उल्लेख गरिन् । दोस्रो चरणको  स्मार्ट  लाईट जडान हुदाँ भरतपुरका सबै मूख्य सडकमा  स्मार्ट   लाईट जडान हुने उहाँको भनाई छ ।महानगरपालिकाले दशैअघि  स्मार्ट  लाईट बाल्ने गरी कामलाई अगाडि बढाउन विषेश पहल गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले स्मार्ट लाईटको नियन्त्रण सफ्टवेयरबाट गर्न सकिने भएपनि संकेतिक रुपमा स्वीच थिचेर उद्घाटन गरिएको जानकारी दिए । लाईटलाई चकिलो र मधुरो, लाईट बाल्न र खोल्न मोबाईलबाट सकिने छ । लाईटको अवस्थाको बारेमा सफ्टवेयरबाट गर्न सकिने भएकाले मर्मत गर्न र लाईट बन्दै गर्दै हिड्न नपर्ने उल्लेख गरे । अहिलेका सडक बत्तीहरु कर्मचारीबाट फिल्डमै गएर बाल्ने र बन्द गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस