शनिबारदेखि चितवनमा पनि पठाओको सेवा

सफल खबर संवाददाता

शुक्रबार, ०७ असोज २०७९, १० : ०१
शनिबारदेखि चितवनमा पनि पठाओको सेवा

चितवन । चितवनमा पठाओको राइड सेयरिङ सेवा शनिबारदेखि सुरु हुने भएको छ ।  

यसअगाडि राजधानीबाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको कम्पनीले जनाएको छ । 

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्’, कम्पनीले भनेको छ, ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले  पठाओमा राम्रो आकर्षण छ ।’ 

चितवनमा पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस