नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरेको ‘रिट खारेज’

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १९ : ३१
नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरेको ‘रिट खारेज’

काठमाडौँ। नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै परेको रिट सर्वोच्चले खारेज गरेको छ।बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले माग पूरा भइसकको भन्दै रिट खारेज गरेको छ।

संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए।

मंगलबार रातिसम्म विधेयक प्रमाणिकरण गरिसक्नुपर्ने भए पनि राष्ट्रपति भण्डारीले गरिनन्।संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए।

मंगलबार रातिसम्म विधेयक प्रमाणिकरण गरिसक्नुपर्ने भए पनि राष्ट्रपति भण्डारीले गरिनन्।

 

प्रतिक्रिया दिनुहोस