कोरोना अपडेट : थप ८१ जनामा संक्रमण पुष्टि, १४८३ जना सक्रिय संक्रमित

सफल खबर संवाददाता

बुधबार, ०५ असोज २०७९, १६ : ३७
कोरोना अपडेट : थप ८१ जनामा संक्रमण पुष्टि, १४८३ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । 

मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।