काठमाडौं । ललितपुरको धोबीघाटमा रहेको एक गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो ललितपुर महानगरपालिका–३ धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको हो ।
अहिले दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ । आगो लाग्नुको कारण र के कति क्षति भयो भन्नेबारे यकिन विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १४ : ४८
लेखकबाट थप