महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आज पनि बयान दिने

सफल खबर संवाददाता

आइतबार, २६ भदौ २०७९, ०९ : २९
महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आज पनि बयान दिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२स्३० बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची छ । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । 

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस