सोमालियामा करिब १५ लाख बालबालिकामा कुपोषणको समस्या

एजेन्सी

शुक्रबार, २४ भदौ २०७९, १२ : २३
सोमालियामा करिब १५ लाख बालबालिकामा कुपोषणको समस्या

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ ।

सोमालियाका लागि राष्ट्रसंघीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सोमालियामा केही समययता अनिकालको अवस्था रहेकाले त्यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अझै बढ्नसक्ने बताएका हुन् । कम्तिमा १५ लाख बालबालिकामा कुपोषणको समस्यामा रहेको अब्देलतेफले बताएका छन् ।

यो संख्या त्यहाँका ५ वर्ष मुनिका बालबालिकाको आधा हिस्सा हो । कुपोषणग्रस्त करिब ४ लाख बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि राष्ट्रसंघले जनाएको छ ।

गत जनावरीदेखि यतासम्मको तथ्यांकमा त्यहाँका ७ सय ३० जना कुपोषित बालबालिकाको उपचारका क्रममा मृत्यु भएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस