विश्वकप : उरुग्वे र इजिप्ट पहिलो हाफसम्म गोलरहित

एजेन्सी

शुक्रबार, ०१ असार २०७५, १९ : २०
विश्वकप  : उरुग्वे र इजिप्ट पहिलो हाफसम्म गोलरहित

एजेन्सी । विश्वकप फुटबलको समूह ‘ए’ अन्तर्गत उरुग्वे र इजिप्टले पहिलो हाफसम्म गोलरहित बराबरी खेलका छन् । रसियाको इकान्टेरिनवर्ग एरिनामा (सेन्ट्रल स्टेडियम) दुईले गोल गर्न अवसर पाएपनि सदुपयोग भने गर्न सकेनन् ।

सुरुवाती समयमा नै आक्रमक देखिएको उरुग्वेका लागि इडिसन काभनीले दुई सर्ट प्रहार गरेका थिए । तर, पहिलो सर्ट इजिप्टका गोलकिपरले बचाएका थिए भने दोस्रो प्रहार इजिप्टका डिफेन्डरले बचाएका थिए ।

लुइस स्वारेजले डिबक्सभित्र पाएको बललाई गोल गर्न नसक्दा पहिलो हाफसम्म उरुग्वे गोलरहित बराबरीमा रोकिएको हो । इजिप्टले पनि खेललको अन्तिम समयमा निकै आक्रमक खेलेको थियो ।

दुबै टिम आफ्नो पहिलो खेलमा नै जित हात पार्दै विश्वकपमा शुखद सुरुवात गर्ने दाउमा रहेका छन् । उरुग्वेले विश्वकपको २ पटक उपाधि उचाली सकेको छ । त्यस्तै, इजिप्ट भने अहिलेसम्म २ पटक मात्रै विश्वकप खेलेको छ भने यो उसको लागि तेस्रो विश्वकप हो ।

प्रतिक्रिया दिनुहोस