१८ वटा देशका लागि राजदूत नियुक्त

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १६ : ०१
१८ वटा देशका लागि राजदूत नियुक्त

काठमाडौं । सरकारले विभिन्न १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेको छ ।पछिल्लो समय एकैपटक रिक्त रहेका २० वटा देशका दूतावासमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अब मलेसियाका लागि राजदूत सिफारिस भएका डिल्लीराज पोखरेल र म्यानमारका लागि राजदूत सिफारिस भएका हरिश्चन्द्र घिमिरेको मात्र पदस्थापन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए ।

उनीहरुको प्रक्रिया पनि अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए ।

समयमै पदस्थापन हुन नसक्दा त्यहाँस्थित नेपाली नागरिकले सेवा पाउन कठिन हुनुका साथै दुई देशीय तथा बहुपक्षीय सम्बन्धमा असन्तुलन पैदा हुने गरेको थियो । नेपालले विश्वका १९५ देशमध्ये ३० देशमा आवासीय राजदूतको राख्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस