समानुपातिकतर्फ ६० भन्दा बढी जिल्लाको मतगणना सार्वजनिक

विहीबार, २८ मंसिर २०७४, १७ : १३
समानुपातिकतर्फ ६० भन्दा बढी जिल्लाको मतगणना सार्वजनिक

चितवन, २८ मंसीर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको अहिलेसम्म ६० भन्दा बढी जिल्लाको मतगणना सकिएको छ । बाकी जिल्लामा मतगणना भइरहेको छ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखामा बिहीबार दिउँसो साढे तीन बजेसम्म प्राप्त विवरण अनुसार ८१ लाख २८ हजार ७६२ मत गणना सकिएको छ ।

प्राप्त मतपरिणाम अनुसार, सबैभन्दा धेरै नेकपा एमालेले २७ लाख ६७ हजार ४४५ मत अर्थात ३४ प्रतिशत मत पाएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ७५ हजार ५०२ अर्थात ३३ प्रतिशत मत पाएका छ । माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ११ हजार ७९ मत अर्थात १४ प्रतिशत मत पाएको छ ।

संघीय समाजवादी फोरम नेपालले ३ लाख ९२ हअजार ८ सय २४ अर्थात ५ प्रतिशत मत पुर्‍याएको छ । यस्तै ३ लाख ३२ हजार २७८ अर्थात ४ प्रतिशत मतसहित राष्ट्रिय जनता पार्टीले थ्रेस होल्डका लागि चाहिने आवश्यक ३ प्रतिशत मत कटाएको छ ।

यस्तै विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ प्रतिशत मतसहित थ्रेस होल्ड पार गर्न संघर्षरत छन् ।

मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाडौं, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन्।

 

प्रतिक्रिया दिनुहोस