नेपालले केन्याविरुद्ध एकदिवसीय खेल खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १० : १७
नेपालले केन्याविरुद्ध एकदिवसीय खेल खेल्दै

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्यासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस