काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले बिहीबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ६.१२ रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन ८ रुपैयाँले बढेर आउँदा खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १२० रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
आईओसीले निगमलाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउदै आएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य