महाभियोग सिफारिस समिति

चोलेन्द्रसँग दोस्रो दिनको सोधपुछ सुरु

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, १२ : ०२
चोलेन्द्रसँग दोस्रो दिनको सोधपुछ सुरु

काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणासँग सोधपुछ सुरु गरेको छ। सोधपुछ सिंहदरबारमा केहीबेरअघि सुरु भएको हो। राणा समितिका सदस्यहरूभन्दा पहिला उपस्थित भएका थिए।

हिजो बुधबार करिब साढे तीन घन्टासम्म महाअभियोग सिफारिस समितिमा राणाले आफूविरुद्ध लागेका आरोपहरूको सफाइ पेस गरेर निस्किएका थिए।समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका थिए।

बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए।महाभियोग सिफारिस समितिमा सोधपुछको जवाफ दिने क्रममा उनले महाभियोगका सम्बन्धमा संसदको नियमावलीको नै पालना नभएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस