भूमिहीनलाई भूमिपति बनाएर मात्र विश्राम लिन्छु : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १७ : ३१
भूमिहीनलाई भूमिपति बनाएर मात्र विश्राम लिन्छु : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताएकी छन। भरतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले राफ्तारमा काम सम्पन्न गरी विश्राम लिने प्रतिवद्धता व्यक्त गरिन् । 

२९ वटा वडाको लालपुर्जा  वितरण गर्ने कार्य अब कुनै पनि कारण र बाहाना गरेर नरोकिने उनले प्रष्ट पारिन् ।वर्षौदेखि रोकिएको गाँउ ब्लकको कार्यक्रम अन्तरगत भरतपुर २९ मा लालपुर्जा वितरण गर्नुका साथै वडा नम्बर २ मा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गा दिएर उदाहारण प्रस्तुत गरेको मेयर दाहालको भनाई थियो ।‘निस्सा पाएपनि जग्गा पाईदैन भन्दै विरोधीले हल्ला चलाएका छन्’उनले भनिन्,‘अब तपाईहरु ढुक्क हुनुस् । हामी जिम्मेवार निकाय तपाईसँगै छौ । हल्लाका पछाडि नलाग्नुस् । हामी बोलेरभन्दा काम गरेर देखाउछौ। विगतको कामबाट पनि प्रमाणित भइसेको छ ।’

भरतपुर महानगरपालिकाले विकासको मोडेल रुपमा पहिचान दिए जस्तै लालपुर्जा दिने पहिलो पालिकाको रुपमा आफ्नो पहिचान बनाएको मेयर दाहालले बताइन्। अब केही महिनाभित्रै लालपुर्जा दिएर छाड्छौ, धेरै समय लालपुर्जा दिन्छौ भनेर आश्वास दिएका भाषण सुन्नु भइसकेको छ, अब कुराभन्दा काम गरेर देखाउछौ¬¬ मेयर दाहालले भनिन् ।

यसैगरी भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले वर्षदेखि जग्गा उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन २३ नम्बरका स्थानीयबासीहरु जग्गाको मालिक बन्ने प्रक्रिया सुरु भएको बताए । निर्वाचनमा गरेको बाचा अनुरुप अहिले लालपुर्जा वितरणको प्रक्रियामा गईसेको उपप्रमुख अधिकारीको भनाई छ ।

यस्तै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले निर्वाचन आचारसंहिताले लालपुर्जा वितरण कार्यक्रमलाई कुनै असर नपार्ने बताए । भूउपयोग ऐनले व्यवस्था गरेअनुसार लालपुर्जा बन्ने काम निरन्तर अगाडि बढ्ने अध्यक्ष तिमल्लिसनाको भनाई छ । ।

भरतपुर वडा नम्बर २३ मा शुक्रबार १८४ जनालाई निस्सा प्रदान गरिएको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले भूमिहिन सुकुम्बसी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरेर नापजाँपको शुभारम्भ गरे ।

भरतपुर वडा नम्बर २३ र २४ मा विस२ ०३५ सालमा हेटौडाँको हटियाबाट बसाईसराई गरी यहाँ आएका भुमिहिन सुकुम्बासीको बसोबास गरेको छ । भरतपुर २३ मा मात्रै ९ सय ४ जना सुकुम्बासी छन् । भरतपुर महानगरका २९ वटा वडामा १० हजार ७९ जना सुकुम्बसीको बसोबास रहेको तथ्याडक रहेको छ ।

प्रतिक्रिया दिनुहोस