काठमाडौँ जिल्ला अदालतले बुझायो महानगरपालिकालाई नक्सा पासको विवरण

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १९ : ५४
काठमाडौँ जिल्ला अदालतले बुझायो महानगरपालिकालाई नक्सा पासको विवरण

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ। महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो।

काठमाडौँ महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट नक्सा पासको विवरण प्राप्त भएको जानकारी दिए।

महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ। पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस