काठमाडौँ । नेपालले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ ।
पाहुना टोली नेपाल आज सुखद् सुरुआतको योजनामा हुनेछ । केन्या नेपालका लागि सहज प्रतिद्वन्दी पनि हो । टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । यसअघिको दुई भेटमा नेपालले केन्यालाई सहजै पराजित गरेको थियो । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायर र सन् २०१८ मा एकदिवशीयमा नेपाल विजयी भएको थियो ।
नेपालले केन्यामा पाँच टी(२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ । दोस्रो टी(ट्वान्टी भदौ १० गते , तेस्रो टी-ट्वान्टी भदौ १२ गते, चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ भने एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल ९उपकप्तान०, आसिफ शेख ९विकेटकिपर०, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, सोमपाल कामी, विवेक यादव, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद ९विकेटकिपर०, साहब आलम, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र किशोर महतो ।
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्यामा हिंसात्मक प्रदर्शनमा ११ जनाको मृत्यु, ५६७ जना पक्राउ