नागरिकता विधेयक अनागरिक जीवन बिताइरहेकालाई : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, २० : ०९
नागरिकता विधेयक अनागरिक जीवन बिताइरहेकालाई : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन ।

सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दावी समेत गरे।

गृहमन्त्री खाँणले बुबा आमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । उनले संवैधानिक व्यवस्था अनुसार नै गैर आवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको बताए । उनले सो विधेयकमा महिलाहरुको स्वाभिमानमाथि चोट पुर्‍याउने खालको कुनै पनि प्रावधान नभएको पटकपटक दोहोर्‍याए।

मन्त्री खाँणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस