कोरोना अपडेट : थप ६५८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १६ : २५
कोरोना अपडेट : थप ६५८ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टिजेन विधिबाट २५३ जनामा गरी ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ ।