भरतपुर सहकारीको उर्भर भूमि : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १७ : ५०
भरतपुर सहकारीको उर्भर भूमि : महानगर प्रमुख दाहाल

चितवन ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर सहकारीको उर्भर भूमि रहेको बताएकी छन  । उपहार सामाजिक महिला उद्यमी सहकारी संस्था भरतपुर १६ को भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुर सहकारी हबका रुपमा विकास हुँदै गइरहेको उल्लेख गरिन् । 

नेपालकै पहिलो सहकारी बखान सहकारी भरतपुर मै स्थापना भएको भन्दै मेयर दाहालले भरतपुर शिक्षा, स्वास्थ्य मात्र नभई सहकारीको हबको रुपमा विकास हुँदै गएको बताइन् ।

 ‘चितवनमा ६०० वटा सहकारी छन्, उहाँले भन्नुभयो,‘३०० वटा भरतपुरमा छन् । भरतपुर सहकारीको उर्भर भूमि हो ।’मेयर दाहालले सहकारीको मर्म अनुसार सहकारीका गतिविधिलाई अगाडि बढाउन आग्रह पनि गरिन् । सेवा भावका साथ खुलेका सहकारीले आफ्ना सेयर सदस्यको आर्थिक अवस्थालाई उकास्ने गरी काम गर्नुपर्ने उनको भनाई थियो । 

भरतपुरमा देशभरबाट यहाँका सहकारी अवलोकनका लागि हजारौँको संख्यामा पर्यटक आउने गरेकाले भरतपुरले छुट्टै सन्देश प्रवाह गरिरहेको प्रति खुसी व्यक्त गरिन् । ‘महिलाहरुको नेतृत्व गरेका संस्थाहरु सफल भएका छन्, उनले भनिन्,‘महिला सहकारीले यति ठुलो रकम ऋण प्रवाह गर्नु खुसीको विषय हो । महानगरपालिकाको यसको विकासमा हातेमालो गर्न चाहान्छ ।’ 

उपहार महिला सहकारीले टहरोबाट सेवा प्रवाह गरीरहेको थियो । नयाँ भवन निर्माणका लागि वडा नम्बर १६ ले रु ५ लाख विनियोजन गरिसकेको छ । सहकारीले करिब ७ करोड ऋण प्रवाह गरेको छ । सहकारीले आफ्नै मल तथा किराना पसल पनि सञ्चालन गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस