नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विरोध सभा

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, ११ : २१
नागरिकता विधेयकको विरोधमा राजधानीमा आज नेमकिपाको विरोध सभा

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ । नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जनाए । उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्बोधन गर्ने छन् ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरे लगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस