काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको हो ।
बैठकमा बिहीबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिद्वारा पुनर्विचारका लागि पठाइएको नागरिक विधेयक पहिलो संशोधनमाथि छलफल भइरहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारसहित फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज प्रतिनिधि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान