काठमाडौंका १४ खोप केन्द्रमा बालबालिकालाई बुस्टर डोज दिइदैँ

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १० : ४७
काठमाडौंका १४ खोप केन्द्रमा बालबालिकालाई बुस्टर डोज दिइदैँ

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ मा १२ देखि १८ वर्षसम्म बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ ।

आजदेखि  वडा नम्बर २९ को १४ स्थानमा बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकिएको हो । १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज साउन ३० गतेसम्म लगाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस