जनप्रतिनिधिको इच्छा शक्तिले मात्र विकास सम्भव छ : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, १७ : १९
जनप्रतिनिधिको इच्छा शक्तिले मात्र विकास सम्भव छ : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले इच्छा शक्तिले मात्र विकासका कार्यहरु हुने बताएकी छन । शुक्रबार भरतपुर–२४ स्थित विहानी सामुहिक कृषि फार्मको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर जनताको सेवामा जुट्ने जनप्रतिनिधिको इच्छा शक्ति भएमात्र विकासको कामहरु हुने उल्लेख गरिन्।

मेयर दाहालले जनप्रतिनिधि भईहालियो भनेर बसे कुनै पनि विकासले गतिले नलिने उनको भनाई थियो ।‘चितवन जिल्लाले अहिले ६ जना मन्त्री पाएको छ, उहाँले भन्नुभयो,‘त्यस अनुसारको विकास भएको छ त ? पद पाएर, मन्त्री भएर विकास हुने होईन । इच्छा शक्ति हुनु पर्छ । पहल कदमी हुनुपर्छ ।’मेयर दाहालले भरतपुर २४ मा प्रदेश स्तरीय कृषि र पशु प्रविधिकसहितको पशु पूर्वाधार सेवा केन्द्र निर्माण हुन लागेको जानकारी दिइन् । भरतपुर २४ लाई कृषिको पटक क्षेत्रको रुपमा विकास गर्न महानगरले प्रथामिकतामा राखेको मेयर दाहालको भनाई थियो ।  

दाहालले भरतपुर–२४ मा रहेको विहानी सामूहिक कृषि फर्मको शुक्रबार उद्घाटन गर्नु भएको छ । २५ जना युवा कृषकहरुको लगानीमा फार्म सञ्चालनमा ल्याइएको हो । अहिले युवाहरुले ६० विगाहमा सामूहिक तरकारी खेती गरिरहेका छन् । गोलगेडा, सिमी, सिम्ला, फर्सी तरकारी उत्पादन भइरहेको छ । विदेशमा कृषि कर्म गरी फर्केका युवाहरुको नेतृत्वमा खुलेको फार्मले दूध, कृषि उपज, तरकारी, खाद्यायन्न, एकिकृत संकलन गरी बजारीकरण गर्ने लक्ष्य लिएको छ ।

यस्तै महानगर प्रमुख दाहालले भरतपुर–२४ मा रहेको कृषि फर्महरुको निरीक्षण गरेकी छन । पछिल्लो समय पश्चिम चितवनमा महानगरपालिकाले कृषकलाई बोरिङहरु वितरण गरेसँगै कृषि उत्पादन व्यवसायीकरण तर्फ उन्मुख भएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा कृषि उत्पादनलाई प्रथामिकतामा राखी कृषकहरुलाई प्रोत्सहान गर्ने विभिन्न कार्यक्रम ल्याएको छ । मेयर दाहालले भरतपुर–२४ का पशु फर्म, तरकारी, फर्म र देवि स्थान पार्कको निरीक्षण गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २४ का अध्यक्ष राम गोदारले भरतपुर २४ लाई कृषि पर्यटन क्षेत्रको रुपमा महानगरपालिका अगाडि बढाउनु पर्ने उल्लेख गरिन् । भरतपुर २४ मा अधिकतम कृषियोग्य जग्गा रहेकाले यस क्षेत्रलाई कृषिको हबको बनाउन सकिने उल्लेख गरिन् ।  
 

प्रतिक्रिया दिनुहोस